Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मधुवनमा पन्ध्र कवि

काठमाडौँ –मधुवन साहित्य प्रतिष्ठानको नयाँ कार्यसमितिले काव्य शृङ्खला सम्पन्न गरेको छ। शृङ्खलामा चार पुस्ताका १५ कविले आफ्ना समसामयिक स्वर बुलन्द गरे । कार्यक्रममा प्रमुख अतिथि विष्णुविभु घिमिरेले चार पुस्तालाई एकै ठाउँमा सुन्न पाउँदा कुनै उत्सव मनाएको आभास भएको बताए ।

उनले छन्द, गद्य र गजल सबै विधालाई एकै ठाउँमा सुन्न पाउँदा खुसी महसूस भएको बताउदै मधुवनलाई कालान्तरसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे । नयाँ पुस्ताप्रति अति नै आशावादी रहेको समेत बताए  । अग्रजपुस्ताभन्दा राम्रा कविता लेखेर स्थापित हुन शुभकामना दिँदै नयाँ पुस्तालाई लेखन, अध्ययन र अभियानमा सँगै हिँड्न सुझाव दिए।

चौँथो पुस्ताका कवि निर्भीकजङ्ग रायमाझीको रूखमुनिको छायाँ शीर्षक कविताबाट शुरु गरिएको कवितावाचन पछि अमृता स्मृतिले रिपोर्टरको जिन्दगी सुनाइन् ।

देवकी अभिलाषिले ‘वनमान्छे’ प्रस्तुत गरिन् भने बलात्कारका अनेक शृङ्खलाका कारण देशमा व्याप्त हिंसाजन्य घटनाको विम्बमा महेश क्षितिजले वर्तमान र वादलको देश शीर्षक कविता प्रस्तुत गर्दा तेस्रो पुस्ताका कवि रामगोपाल आशुतोषले एक्लो उपत्यका शीर्षक कवितामा उपत्यकामा व्याप्त सामाजिक, आर्थिक र साँस्कृतिक विकृतिको फेहरिस्त नवीन शैलीमा प्रस्तुत गरे ।

तेस्रो पुस्ताका कवि नवराज लमसाल, फुलमान बल, चन्द्रवीर तुम्बापो, भगवती बस्नेत, ठाकुर वेलवासे मणि लोहनी, शितल कादम्बिनी, डा। विप्लव ढकाल, मोमिला जोशी, दोस्रो पुस्ताका कवि उषा शेरचन र विष्णुविभू घिमिरे र पहिलो पुस्ताका कवि मन्जु काँचुलीले आफ्ना कविता प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष जीवन खत्रीले कार्यक्रममा संस्थाको भावी योजना सुनाउँदै आगामी ५ वर्षमा १० लाख अक्षयकोष स्थापना गरि साहित्यिक पुरस्कार दिने र अन्य गतिविधि पनि गर्दै जाने कुरा व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE