उपत्यकाको निषेधाज्ञा अझै खुकुलोः सार्वजनिक यातायात खुले
बजार–पसल हरेक दिन खोल्न पाइने
असार १४, काठमाडौं– उपत्यकामा जाी निषेधाज्ञा अझ खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ ।
उपत्यकामा कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएको हो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो पार्दै पहिलेका नियमहरुमा परिमार्जन गरी निषेधाज्ञा लम्ब्याएको हो ।
बैठकले सार्वजनिक यातायात भोलीदेखि जोरविजोरमा चलाउ दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले बताए ।
यद्यपि उपत्यकाका तीन जिल्ला भित्रमात्र २५ भन्दा धेरै सिट क्षमता भएका सार्वजनिक यातायातका साधन जोरविजोरमा प्रणलीमा चल्ने गरी निर्णय गरिएको उनले बताए।
यसैगरी खाद्यपसल ६ बजेदेखि दिनभर, अन्य पसल ११ बजेदेखि बेलुका ६ बजेसम्म प्रत्येक दिन खोल्न दिने निर्णय भएको उनले बताए। अन्य नियममा भने परिमार्जन नगरिएको उनको भनाइ थियो ।
उपत्यकामा जारी निषेधाज्ञा आज राति १२ बजेदेखि सकिदैँछ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE