Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी सर्वोच्च जाँदै

१० जेठ, काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरुको मोर्चा आज सर्वोच्च अदालत जाने भएको छ । प्रतिनिधिसभा असंवैधानिक रुपमा पुनः विघटन गरिएको भन्दै विपक्षी  पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकारको प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विपक्षी अदालत जान लागेका हो।

 

विपक्षीले आइतबार रिट लेख्ने,सांसदहरुको नागरिकता,परिचयपत्र र हस्ताक्षर जुटाएका थिए। रिटमा संविधानको धारा ७६(५) अनुसार बहुमत सांसदहरूको समर्थनमा चयनको सम्भावना रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE