गम्भीर अवस्थामा संक्रमित टेकुमा भर्ना हुनुपरे ५० हजार धरौटी अनिवार्य
१६ कात्तिक
काठमाडौं– सरकारले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कोरोना संक्रमण भई गम्भीर अवस्थामा अस्पताल भर्ना हुनु पूर्व ५० हजार धरौटी राख्नुपर्ने निर्णय लागू गराएको छ ।
त्यस्तै कोरोना संक्रमण भई सामान्य देखि मध्यम अवस्थामा रहेका बिरामीहरुका लागि पनि उपचारका लागि भर्ना हुनुअघि अस्पतालमा राख्नुपर्ने धरौटी तोकिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले कोरोना संक्रमणपछि अस्पताल भर्ना हुन आउनेहरुका लागि भर्ना हुनुपूर्व तिर्नुपर्ने शुल्कको तालिका नै बनाएको हो ।
जसमा भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुले ५० हजार रूपैयाँ अनिवार्य धरौटी बुझाउनु पर्नेछ । त्यसपछि ती संक्रमितले दैनिक १५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
त्यसैगरी भेन्टिलेटरबिनाको आइसियू र क्याबिन आइसोलेसनमा भर्ना गराउनु पर्ने अवस्थामा ३० हजार धरौटी बुझाउनुपर्नेछ । र, दैनिक त्यसको ७ हजार ५ सय तिर्नु पनेछ । त्यस्तैगरी संक्रमण पछि मध्यम अवस्थाका बिरामीहरूका उपचारका लागि २० हजार धरौटी बुझाउनुपर्नेछ ।
उनीहरुलाई ग्यास्ट्रो आइसोलेसनमा भर्ना हुन पउने छन् । उनीहरुले दैनिक ३५ सय रुपैयाँ तिर्नुपर्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरिब, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र एकल महिलालाई भने छुट दिइएको छ । तर उनीहरुले छुट पाउनका लागि आफू बसेको स्थानीय सरकारले दिने गरिब उल्लेखित प्रमाणपत्र तथा सिफारि ल्याउनु पर्नेछ । सो अवस्थामा संक्रमितले अवस्था हेरेर १० देखि शत प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।
सरकारको यो निर्णय शुक्रबार बाट नै लागू गरिएको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE