चिकित्सा शिक्षा आयोगद्वारा ६ जनाको आवेदन रद्द
काठमाडौं – सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पुनः दरखास्त आह्वान गरेको छ । यस अघि असार ९ गते पहिलो पटक सूचना निकालेर दरखास्त मागेको आयोगले आवेदन परेका छ जनाको दरखास्त रद्द गर्दै पुनः दरखास्त मागेको हो ।
दरखास्त परेका मध्ये योग्यता पुगेको पुष्टि भएका कागजात नभएको आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको ठहर छ । नयाँ सूचनामा साउन १५ गतेसम्म आवश्यक प्रक्रिया पुरा गरी दरखास्त दिन सकिने जनाइएको छ ।
आवेदन दिने उम्मेदवारको उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । यसअघि ६१ वर्ष मुनिका व्यक्तिले मात्र दरखास्त दिन पाउने थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE