पदमुक्त भएका जसपाका तीन सांसद सर्वोच्च जाने
१६ साउन, काठमाडौँ – पदमुक्त भएका लुम्बिनी प्रदेशका तीनजना सांसद सर्वोच्च अदालत जाने भएका छन्।
पार्टी निर्णय विपरीत शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष कुमार पाण्डेय, विजय कुमार यादव र कल्पना पाण्डेयलाई पार्टीको केन्द्रीय कमिटिले कारबाही गरेको थियो।
कारबाहीका आधारमा प्रदेश सभा सचिवालयले शुक्रबार सांसद पदबाट मुक्त भएको सूचना सार्वजनिक गरेको थियो।
सांसद पाण्डेयले यसअघि गरिएको कारवाहीको मुद्धा सर्वोच्चमा बिचाराधीन रहँदारहँदै पनि पार्टीले कारवाही गर्नु अदालतको मानहानी भएकाले सर्वोच्च अदालत जान लागेको बताए।
अन्तिम फैसला नआउन्जेल गरिएको कारबाही अवैधानिक रहने भएकाले सांसद पद थमौतीका लागि परमादेशको माग गर्दै अदालत जाने उनको भनाई छ।
पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले गरेको कारवाही अनुसार यसअघि वैशाख १६ गते यी तीन सांसद र सुमन शर्मासहित चार जनालाई गरिएको कारवाहीमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उनीहरुको पद थमौती गरिदिएको थियो।
तर, अन्तिम फैसला आउनुअघि नै पार्टिले फेरि तीन सांसदलाई कारवाही गरेपछि उनीहरु अदालत जाने भएका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE