टि-२० सिरिजमा नेपालको कब्जा, अन्तिम खेलमा नेपालद्वारा युएई १४ रनले पराजित
काठमाडौं – यूएईविरुद्धको टि–२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा पराजित गर्दै नेपालले सिरिजमा कब्जा जमाएको छ। नेपालले यूएईविरुद्धको टि–२० शृंखला २(१ ले जित्दै नयाँ इतिहास रचेको छ । सन् २०१४ मा टि–२० विश्वकप खेलेपछि नेपालले दुईवटा टि–२० शृखंला खेलेको थियो। दुबै शृखंलामा नेपाल पराजित भएको थियो । आइतबार सिरिजको अन्तिम नेपालले दिएको एक सय ५ रनको लक्ष्य पछ्याएको घरेलु टोलि युएई १० पुरै खेल्दै ८ विकेटको नोक्सानीमा ९० रनमा समेटिएको थियोे । यो संगै नेपालले १४ रनको ऐतिहासिक जित दर्ता गर्यो । नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेपछि युएईका ब्याट्सम्यान एकपछि अर्को गर्दै पवेलियन फ्रकेका थिए ।
ईनिङको पहिलो ओभर गरेका सन्दीप लामिछाने महङ्गो साबित हुँदै २० रन खर्चेका थिए । युएईका सैमन अनवरले सर्वाधिक ३० रनको योगदान दिदा उनले २० बलको समना गर्दै २ चौका र १ छक्का हिर्काउदा कारण केसीको बलम क्याच आउट भए । त्यसैगरी युएईका ओपन गुलाम सब्बिरले २५ रनको पारी खेल्दा अर्का ओपनर अस्फिक अहमद ८ बनाए । त्यसैगरी मोहम्मद बुताले ११ रन बनाउदा मुहमद उस्मान २ रन जोड्दा कप्तान मोहम्मद नाभिद शुन्यमा आउट भए ।
बलिङतर्फ मेहमान टोलि नेपालका करण केसी र अभिनास बोहरा, ललित नारायण राजबंसीले दुई दुई विकेट चट्काउदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट प्राप्त गरेका थिए ।
दिउँसो दुई बजेर ४५ मिनेटमा सुरु हुने टि(२० सिरिजको अन्तिम खेल वर्षा र हावा हुरिले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १० ओभर पुरै खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ४ रन जोडेका थिए । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोड्दा १४ बलको सामना गरेका खड्काले ४ चौका र १ छक्का प्रहार गरेका थिए। यस्तै युवा क्रिकेटर सन्दीप जोराले ११ बल खेल्दै ३ छक्का प्रहार गर्दै २८ रनको आक्रामक पारी खेल्दा, विनोद भण्डारीले पनि २ चौका र १ छक्काको मद्दतले २१ रनको योगदान दिदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन, करण केसीले १० रन बनाएका थिए । त्यसैगरी दिपेन्द्र सिह ऐरीले २ रन जोड्दा, पवन सराफ र सोमपाल कामी शुन्यमा आउट भएका थिए ।
बलिङतर्फ घरेलु टोलि युएईका कप्तान मोहम्मद नाभिद र सुल्तान अहमदले दुई दुई विकेट प्राप्त गर्दा जोहर खान, सुल्तान अहमद र मोहम्मद बुताले समान एक एक विकेट लिएका थिए । गएको शुक्रबार भएको शृंखलाको पहिलो खेल नेपाल २१ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले खेल ३ विकेटले जित्दै शृंखला बराबरी गरेको थियोे ।
२०१४ मा नै नेपालले हङकङसँग श्रीलङ्कामा चारवटा टि–२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। जसका सुरुवाती तीन खेल वर्षाको कारण रद्द भए भने अन्तिम खेलमा हङकङले नेपाललाई २ विकेटले पराजित गरेको थियो। यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० शृंखला खेलेको थियो। जुन शृंखला नेपालले ३–१ ले गुमाएको थियो। सुरुवाती तीन खेल नेदरल्याण्ड्सले जितेपछि अन्तिम खेल नेपालले ३ विकेटले जितेको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE