Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

एमाले बैठकमा चर्काचर्की : अध्यक्ष ओलीलाई कारवाही गर्नुपर्ने माग

११ आश्विन, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ९एमाले० केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि दुई र दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै कारबाही गर्नुपर्ने आवाज उठेको छ । पार्टीमा छलफल नै नगरी दुईरदुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको केन्द्रीय कमिटी बैठकमा सहभागी तेस्रो धारका केही केन्द्रीय सदस्यहरूले यो विषयलाई चर्को रूपमा उठाउनुभएको थियो ।

विगतमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका तर नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमै बसेका ती नेताहरूले पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा विघटन गरेको भन्दै अध्यक्ष ओलीलाई कारबाही गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गर्नुभएको थियो ।

बैठकमा ओली समूहका नेताहरूले आफ्नै पार्टीको सरकार गिराउने, पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा हटाउने खेलमा लागेका नेतालाई कारबाही गर्नुपर्ने माग गरेपछि तेस्रो धारका नेताहरूले प्रतिनिधिसभा विघटन गर्ने अध्यक्ष ओलीलाई कारबाही गर्नुपर्ने आवाज उठाउनुभएको थियो ।

‘पार्टीमा छलफल नै नगरी प्रतिनिधिसभा दुईरदुईपटक विघटन गर्नेलाई कारबाही गर्न मिल्छ कि मिल्दैन रु असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतले दुईपटक नै पुनःस्थापना गर्यो ।

के संविधान र लोकतन्त्रको भावनाविपरीत प्रतिनिधिसभा विघटन गर्नेलाई कारबाही गर्नुपर्दैन रु असंवैधानिक कार्य गर्ने हाम्रा अध्यक्षज्यू कतिपटक उठबस गर्नुपर्छ रु’ बैठकमा तेस्रो धारका एक नेताले प्रश्न गर्नुभएको  थियो ।

बैठकमा सरकार गिराउने र प्रतिनिधिसभा विघटन गर्नेलाई कारबाहीको आवाज उठेपछि केहीबेर हंगामामै नै भएको थियो । दोहारो सवाल जवाफ चलेपछि केहीबेर बैठक तनावपूर्ण बनेको थियो । तर, पछि शीर्ष नेताले यसबारेमा पनि छलफल गर्ने भन्दै कुरा मिलाएपछि बैठक निर्धारित कार्यक्रमअनुसार अगाडि बढेको एमाले स्रोतले जनाएको छ ।

तीन दिनसम्म चलेर आइतबार सम्पन्न भएको बैठकमा तेस्रो धारका नेताहरूले १० बुँदे सहमति कार्यान्वयन हुनुपर्ने चर्को आवाज उठाउनुभएको थियो ।  १० बुँदे सहमति कार्यान्वयन नगरेर नेतृत्व पक्ष अघि बढ्न खोजे त्यसले समस्या सिर्जना गर्ने चेतावनी पनि दिएको समाचार राजधानी दैनिकमा छापिएको छ ।

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE