एक हप्ताभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्छौँ : महामन्त्री कोइराला
५ चैत
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छिट्टै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको नेतृत्वमा, माओवादी केन्द्र र जसपा गठबन्धनको सरकार बन्ने पनि बताए । ‘केपी ओलीको विकल्प खोज्नुपर्छ ।
केपी ओली अवैधानिक, असंवैधानिक हुन् किन भने उनले प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरता तिर धकेल्ने काम गरे,’ उनले भने, ‘हामी विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छौँ । हप्ता÷१० दिनभित्र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौँ ।’
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE