Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

अडियो सामाग्री सुन्न सकिने विशेषता थप गर्दै फेसबुक

अडियो सामाग्री सुन्न सकिने विशेषता थप गर्दै फेसबुक

एजेन्सी– फेसबुकले आगामी जुन २२ देखि नयाँ विशेषता थप्ने तयारी गरेको छ ।

विश्वभरि लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा अडियो सामाग्री सुन्न सक्ने विशेषता थप्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।

कम्पनीले गत अप्रिलदेखि नै यो नयाँ विषेशताका बारेमा परीक्षण गरेको थियो थियो । परीक्षणका क्रममा नतिजा सन्तोषजनक र सकारात्मक आएपछि पूरै तयारीका साथ फेसबुकले नयाँ विशेषता थप्न लागेको हो ।

थप्न लागेको नयाँ विशेषतालाई फेसबुकले ‘पोडकास्ट’ नाम दिने जनाइएको छ । पोडकास्ट सेवा थपिएछि फेसबुक एपमा नै सिधै अडियो सामग्रीहरु सुन्न मिल्ने फेसबुकले जनाएको छ ।

पोडकास्टमा आउने अडियोलाई फेसबुकको न्युजफिडमै पोस्ट गर्न मिल्ने र त्यहीँ बजाएर सुन्न मिल्ने व्यवस्था हुने कम्पनीले जनाएको छ । यस्तै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि पेजका फलोअर्सलाई नोटिफिकेसन पनि जाने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE