Date
सोम, जेष्ठ ३१, २०७८
Mon, June 14, 2021

१३ बर्षीय बालकले गरे एक बालिका माथि बलात्कार

१९ फागुन
काठमाडौँ – पश्चिम दाङको बबई गाउँपालिकामा एक बालिका बलात्कृत भएकी छिन् । ११ वर्षीया बालिका मंगलबार बेलुका करिब ६ बजे दही लिन जाँदै गर्दा ट्वाङखोलाको जंगल क्षेत्रमा बलात्कृत भएकी हुन् । स्थानीय १३ वर्षीय एक बालकले ती बालिकालाई जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय खितलपुरले जनाएको छ ।

उनलाई जंगलमा फेला पारी जबरजस्ती बलात्कार गर्न स्थानीय १२ वर्षीय अर्का बालकले ती १३ वर्षीय बालकलाई सघाएको देखिन आएको प्रहरीले जनाएको छ ।

बालिका जंगलको बाटो हुँदै अर्को टोलमा दही लिन जाँदै गर्दा खोलामा माछा मारेर फर्किंदै गरेका दुई बालकले देखेको र आपसमा सल्लाह गरी जबरजस्ती बलात्कार गरेको भन्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

बलात्कारपछि बालिका रुँदै बेलुकी साढे ६ बजेतिर घर पुगिन् । घरका मानिसले सोधपुछ गरे पछि बालिकाले आफूमाथि भएको घटना बताएपछि उनीहरूले राति साढे ९ बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी बालिकाको घर पुगे र उनको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएका थिए ।

बलात्कारमा संलग्नमध्ये एक जनालाई राति २ बजे र अर्का एक मुख्य आरोपी भनिएका किशोरलाई बुधबार बिहानमात्रै प्रहरीले नियन्त्रणमा लिइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE