कुटपिटपछि मृत्यु, आरोपी पक्राउ
कुटपिटपछि मृत्यु, आरोपी पक्राउ
९ असार, काठमाडौं– कुटपिट गरि मारेको अभियोगमा सिन्धुलीबाट एक जना पक्राउ परेका छन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ शिखरटोल बस्ने ४६ वर्षीया शान्ता भण्डारी खत्रीको कुटपिट पश्चात मृत्यु भएको थियो ।
खत्री उनकै श्रीमान रबि खत्रीले कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते उनको सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन हुँदै बर्दिवासअस्पताल लगिएको थियो ।
खत्रीको बर्दिबास अस्पताल महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिट गर्ने उनका श्रीमान् रवि खत्रीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE