Date
मङ्ल, चैत्र १३, २०८०
Tue, March 26, 2024

देशलाई समृद्ध बनाउने वचन पूरा गर्न नसकेको भन्दै रोए किम जोङ

२९ असोज
एजेन्सी  ‘म असफल भएँ भन्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । नेशनल पोस्टका अनुसार पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रमलाई सम्बोधन गर्दै देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको उनले आँसु झारेका हुन् ।

राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उनले देश एकदमै संघर्षपूर्ण अवस्थामा रहेको बताए । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न नसकेकोमा उनले माफि पनि मागे । चस्मा खोलेर आँसु पुछ्दै किमले भने, “हाम्रा जनताले ममाथि आकाश जति उच्च र समुद्र भन्दा गहिरो विश्वास राखेका थिए तर मैले सबैलाई निराश बनाएँ । म त्यसका लागि माफी माँग्न चाहान्छु ।”

उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्लभ दृश्य मानिएको छ । सार्वजानिक गरिएको भिडियोमा किम रोएसँगै त्यहाँ उपस्थित सेना अनि सर्वसाधारणहरु पनि भावुक बनेको देखिन्छ ।

यसका साथै उनले सबै जनताहरुलाई तिनका त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त गर्दै आफ्नो असफलताका लागि सार्वजानिक रुपमा माफी पनि मागेका छन् ।

हजुरबुवा र बुवा दुवैले देशको नेतृत्व जस्तो गम्भीर जिम्मेवारीका लागि आफूलाई विश्वास गरेको तर आफूले देशवासीका कठिनाइ र जीवनमा पर्याप्त सुधार ल्याउन नसकेको बताउँदै उनी दुःखी भए । २०११ मा आफ्नो बुबाको उत्तराधिकारी भएदेखि किमले आर्थिक प्रगतिलाई आफ्नो एजेन्डाको आधारशिला बनाएका छन् ।

उनको आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा लगाइएको प्रतिबन्धको बाबजुद अन्तर्राष्ट्रिय व्यापार, निर्माण परियोजनाहरू र अन्य आर्थिक क्षेत्रका महत्वाकांक्षी योजनाहरू ठप्प भएको छ । कोरोना महामारीको कारण उत्तर कोरियाले लगभग सबै सीमाना बन्द  गरेको छ, जसले खाद्यान्न आपूर्ति खतरामा छ ।

प्योङयोङले अहिलेसम्म कोरोना संक्रमित भएका एकजनाबारे पनि खबर गरेको छैन ।  त्यहाँ कसैले पनि मास्क लगाएका छैनन् भने सामाजिक दुरी कायम गरिएको पनि देखिएको छैन ।

पछिल्ला केही महिना कोरोना महामारीका कारण सबै सिमाना बन्द हुँदा उत्तर कोरियाल चीनसँग कुनै आर्थिक कारोबार गर्न पाएन जसले देशको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पारेको बताइएको छ ।

वर्षौँदेखि जारी विश्वव्यापी आर्थिक प्रतिबन्ध अनि विनाशकारी प्राकृतिक प्रकोपहरुले उत्तर कोरियलीहरुको जनजीवन झन कष्टकर बनाइदिएको छ । त्यसैले पनि किमले त्यस किसिमको समारोहमा भावुक भइ आँसु झार्नुले देशको नेतृत्व सम्बन्धी उनी वास्तवमै अहिले धेरै ठूलो दबाबमा रहेको स्पष्ट देखिने कोरियन एकिकृत संगठनका निर्देशक हङ मिन बताउँछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE