प्रहरीको डीएसपी हुँ भन्दै भ्रम छर्ने एक पक्राउ
प्रहरीको डीएसपी हुँ भन्दै भ्रम छर्ने एक पक्राउ
१ असार, काठमाडौं– आफूलाई नेपाल प्रहरीको डाक्टर र प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम छर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका–६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी नपाएको ओहोदा र पदवी पाएको भन्दै भ्रम सिर्जना गर्ने गरेको सूचना पाएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उनकै फार्मेसीबाट पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आफुलाई मेडिकल डाइरेक्टर डा. एस.के ढुङ्गाना हुँ भन्दै मेडिकल फर्म संचालन गर्दै आएको र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्र डिएसपी र सशस्त्र प्रहरी बलका कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने गरेको खुलेको छ ।
साथै प्रहरीले उनीबाट ३ थान नेपाल प्रहरीको विभिन्न पदहरूको पोसाक लगाएका फोटा, १ थान प्रहरी नायव उपरीक्षकको यूनिफम, १ थान नेपाल प्रहरीको जर्सि र १ थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE