Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पहिलो निर्णयः खोप खरिदका लागि ५ अर्ब निकासा

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माको पहिलो निर्णयः खोप खरिदका लागि ५ अर्ब निकासा

३० असार, काठमाडौं– अर्थ मन्त्रालयले खोप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५ अर्ब बजेट निकासा दिने भएको छ ।

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहण गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने निर्णय गर्नुभएको हो ।

नवनियुक्त अर्थमन्त्री शर्माको यो पहिलो निर्णय समेत हो ।

‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ।’ पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले भने ।

उनले आज नै स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन्।

नवनियुक्त सरकारको मंगलबार बसेको पहिलो मन्त्रिपरिषदको बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE