देश रहे प्रधानमन्त्रीको बिरोध भोलि पनि गरौंला ..
“सत्यमेव जयते को ठाउँमा सिंहमेय जयते” को प्रहार भने अत्यन्तै बोल्ड र ऐतिहासिक छ
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अभिव्यक्ति लिएर भारतले अहिले बिरोध गर्ने दरो मौका पाएको छ । मिनेन्द्र रिजाल माथी भारतीय मीडियाको चाटुरकार प्रधानमन्त्रीको भनाईलाई लिएर सिधै खनिएपनि मिनेन्द्रले सकेसम्म सन्तुलित जबाफ दिए तर डिफेन्स गर्न सकेनन् । देशको प्रधानमन्त्रीले बिशेष गरि अन्तर्राष्ट्रीय मामलामा बोल्दा दशपटक सोच्नु पर्छ र सल्लाहकार पनि त्यस्तै राख्नु पर्छ । जब बिदेशीले सिमाना मिच्छ, तब एक से एक नेताहरु रास्ट्रबादी पल्टन्छन् । यदि यहि रास्ट्रबाद भ्रस्टचार नगरौ भन्ने सोचमा लगाईदिएको भए, देश बिकास गरौँ र आत्मनिर्भर बनौं भन्ने सोचमा लगाईदिएको भए, जनताको रगत पसिनाले तिरेको कर नेताहरुले गाड़ी, घोडा, बंगला, स्वास्नीलाई महंगो फरिया र सुनको बालामा खर्च नगरेर देशको हितमा प्रयोग गरेको भए न हामीले भारतजस्तो कमिना छिमेकीको भरमा बाँच्नु पथ्र्याे न त आज यसरी सरेआम हेपिनु नै पर्थ्यो । तसर्थ मुलुकलाई सहि मार्गमा लान देश चलाउने कै पहिलो जिम्मेवारी हुन्छ ।
हामी जनताले जति कराए पनि भारतले हडपेको भूमि फिर्ता दे भनेपनि अन्ततस् यो राजनैतिक मुद्दालाई कुटनैतिक तरिकाबाट टेबल टक मार्फत हल गर्ने भनेको देशको प्रधानमन्त्रीले नै हो । तसर्थ प्रधानमन्त्री ज्युलाई म सचेत भएर आफ्ना अभिव्यक्तिहरु दिनुहुन बिनम्र अनुरोध गर्दछु । संसदमा वहाँले पछिल्लो पटक इन्डियन कोरोना भाइरस चाईनिज भन्दा खतरनाक रहेछ भन्ने चाहिँ अलि अराजनैतिक र कच्चा अभिव्यक्ति हो भन्ने मैले महसुस गरेकी छु । यस्लाई प्रधानमन्त्रीले राम्रोसँग डिफेन्स गर्न पनि म आग्रह गर्दछु र हल्का रुपले प्रस्तुत नहुन पनि अनुरोध गर्दछु। वहाँको भारतीयहरुमाथि “सत्यमेव जयते को ठाउँमा सिंहमेय जयते” को प्रहार भने अत्यन्तै बोल्ड र ऐतिहासिक छ । जुन भनाईले भारत भित्तामै पुगेको छ तर पनि यो भनाईप्रति काउन्टर जबाफ दिन सकेको छैन तर कोरोना भाईरस सम्बन्धी भनाईलाई टिपेर बिश्वलाई नै ब्ल्याकमेल गरेर आफ्नो पक्षमा ल्याउँन कोसिस गरिरहेको छ । यस्ता कुराहरुमा नेपाल सचेत रहनु पर्छ । प्रधानमन्त्री लाई यो बेला सकारात्मक सन्देश सहित साथ सपोर्ट गरौँ । देश रहे प्रधानमन्त्रीको बिरोध भोलि पनि गरौंला ..।
अरुबेला हाम्रा राजनैतिक बिचारधारा फरक भएपनि रास्ट्रियताको सवालमा हामी नेपालीहरु एक हुनैपर्छ मेरो सन्देश यहि हो, प्रधानमन्त्रीले संयमित भएर देशको प्रतिनिधित्व गरि बिबाद टुँग्याउनु होला । यति गर्दा नि भारतले जोरी खोज्छ भने सबै प्रमाण भेला गरेर लिपुलेक कालापानी बिबाद अन्तराष्ट्रीयकरण गरि भारतलाई हेगमा पुर्याएर यसको पत्रपत्र छाला काढ्नु पर्छ र संयुक्त रास्ट्रसंघको आँगनमा लगेर थुपार्नु पर्छ ।
सामाजिक संजालबाट साभार गरिएकाे
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE