कारबाहीको अभिलेखीकरण गर्न माओवादीले निर्वाचन आयोगलाई पठायो पत्र
७ असार, काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । बिहान बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार आयोगलाई जानकारी गराइएको नेता लिलामणि पोखरेलले बताए ।
केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको उनले बताए ।
माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो । तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो ।
माओवादीले एमाले प्रवेश गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत सदस्यहरुलाई निष्कासन गरिसकेको थियो । उक्त विषय अभिलेखीकरणका लागि आयोगमा आज पुनः जानकारी गराइएको पोखरेलले बताए ।
“केन्द्रीय समितिका सदस्यहरु उता (एमाले) गइसकेको, माइन्युनटमा पनि हस्ताक्षर गरिसकेको, उनीहरुको अपानीमा पनि नाम भइसकेकाले हाम्रो पार्टीमा छैनन् भनेर अभिलेखीकरणका लागि सूचना दिएका हौं,” उनले भने ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE