महानिरीक्षक लामाद्वारा ट्राफिक प्रहरी कार्यालय सिन्धुलीमा नवनिर्मित भवन उद्घाटन
१० फागुन
काठमाडौं – जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले गोलान्जोर गाउँपालिका-७ खुर्कोटस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको नवनिर्मित कार्यालय, ब्यारेक तथा भान्सा घरको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन्।
साथै उनले नवनिर्मित भवनको निरीक्षण समेत गरे। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे र गोलान्जोर गाउँपालिकाका प्रमुख पुष्प बहादुर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरे ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE