देशभर मनसुन फैलन एक हप्ता लाग्ने
काठमाडौं – नेपालमा मनसुन शुरु भएको छ । यो पटक औसत रुपमा १० दिन ढिला मनसुन शुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको र त्यसका लागि १० दिन लाग्ने महाशाखाले जनाएको छ ।
देशभर मनसुन फैलन झण्डै १० दिन लाग्ने बताउँदै मौसमविद वरुण पौडेलले अब चाँडै नै देशभर मौसमी बायु बहने बताए । मनसुनको अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्ने गरेको छ । मनसुन सक्रिय भएसँगै पूर्वी नेपालका झापा, इलाम, मोरङलगायत जिल्लामा पानी परेको छ । यो विस्तारै पश्चिमसम्म फैलन मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE