एमालेको अवरोधबीच राष्ट्रियसभाबाट लोक सेवा आयोग विधेयक पारित
२८ भदौ, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक-२०७८ पारित गरेको छ । राष्ट्रियसभाको दोस्रो बैठक पनि एमालेका सांसदद्वारा अवरुद्ध भएको थियो।
तर, अवरोधकाबीच राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक-२०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभएको थियो । सो प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE