Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

अहिले हामीले भोगिरहेको दूर्दशा हाम्रा सन्ततिले भोग्न नपरोस् : नेता शाह

काठमाडौं – कांग्रेस नेता राजीवविक्रम शाहले राजनीति केवल समाजसेवा भएको बताउनु भएको छ । जाजरकोट ‘ख’ बाट प्रदेशसभामा गठबन्धनका तर्फबाट प्रत्यक्ष उम्मेदवार रहनु भएका शाहले राजनीति समाजसेवा भन्ने मूलमन्त्रका साथ आफूले काम गरिरहेको बताउनु भएको हो ।

सामाजिक सञ्जालमार्फत मतदाताका नाममा जारी गरिएको सन्देशमा उहाँले यस्तो कुरा बताउनुभयो । नेता शाहले २०६६ मा फैलिएको झाडापखाला होस्, २०७१र०७२ मा फैलिएको सिनजल फ्लू वा केही समय अघि मात्र विश्वलाई आक्रान्त पारेको कोरोना महामारीमा जिल्ला र प्रदेशलाई ठूलो सहयोग पठाउनु भएको थियो ।

आफूले सधैं जाजरकोटी जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गरेको उहाँले बताउनु भएको छ । साना साना दुर्घटनादेखि लिएर गम्भीर प्रकृतिका बिरामीलाई उपचार गर्ने मात्रै नभएर सहजिकरणको काम पनि उहाँले गर्दै आउनु भएको छ । उहाँले आफ्नै लगानीमा निर्माण गरेको अस्पताल सञ्चालनको तयारीमा रहेको छ ।

उहाँले भन्नु भएको छ, ‘म पदमा हुँदा मात्र होइन, नहुँदा पनि जाजरकोटका जनताको स्वास्थ्य, शिक्षा, अभाव र बेरोजगारी लगायत अनेक समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर लागेकै छु । लाग्ने नै छु । सधैं तपाईंहरूकै सुख दुःखमा रहेको छु । रहनेछु ।’

उहाँका अनुसार समस्या समाधानका लागि राज्यको उपल्लो तहमा बुलन्द आवाज पुर्‍याउनु आजको आवश्यकता हो ।

WRITE COMMENTS FOR THIS ARTICLE