औषधि कालोबजारी गरेको अभियोगमा मोरङबाट एक पक्राउ
औषधि कालोबजारी गरेको अभियोगमा मोरङबाट एक पक्राउ
१७ जेठ, काठमाडौं– प्रहरीले औषधि कालोबजारी गरेको अभियोगमा मोरङबाट एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका संचालक ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु भण्डारण गरी राखेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE