Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

दुई तीन दिनमा डिस्चार्ज हुन्छु : महामन्त्री कोइराला

१ असोज
काठमाडौँ -नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताउनुभएको छ । आज भिडियो सन्देश जारी गर्दै उहाँले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताउनु भएको हो ।

“ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उहाँले भिडियो सन्देशमा भन्नुभएको छ ।  कोरोना भाइरस ९कोेभिड १९०को सङ्क्रमण देखिएपछि उहाँ मङ्गलबार अस्पताल भर्ना हुनु भएको हो ।

होम आइसोलेसनमा रहनु भएका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो । महामन्त्री डा। कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उहाँको भिडियो सन्देश जारी गरेको हो । ((

WRITE COMMENTS FOR THIS ARTICLE