खोटाङ हलेसीमा बस दुर्घटना : एकको मृत्यु, २२ घाइते
११ बैशाख, काठमाडौँ – खोटाङ हलेसी तुवाचुङ नगरपालिका- १ कदुवास्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्केको चालकसहित ३९ जना यात्रु बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २२ जना घाइते र १६ जना सामान्य घाइते भएका छन् ।
बा ३ ख ९२८५ नम्बरको बस आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह-चालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटर, ईलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरिक्षकको कमाण्डमा प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि पठाइएको एक प्रहरीले जानकारी दिनु भयो ।
उक्त दुर्घटनामा अवरूद्ध भएको सडक दिउँसो सवा २ बजे जेसिबी लगाई दुर्घटना भएको बसलाई साइड लगाई बाटो सुचारू गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE