Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पूर्वराजा ज्ञानेन्द दम्पती नर्भिक अस्पताल भर्ना

११ शाख, काठमाडौं – भारतको हरिद्वारबाट केही दिनअघि फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना हुनुभएको छ । शाह दम्पती दुबैमा कोभिड–संक्रमण पुष्टि भए पछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराजाका संवाद सचिव फणि पाठकका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना गरिएको छ ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा बैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE