Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

राजधानी सार्ने प्रस्तावको विरोधमा नेकपाका २ हजार कार्यकर्ताद्वारा सामूहिक राजीनामा

 २० असोज
काठमाडौँ  –  प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावको विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ३५ संस्थामा आबद्ध २ हजार २४९ जना पार्टी सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

बुटवलमा आज पत्रकार सम्मेलन आयोजना गर्दै रुपन्देहीस्थित सक्रिय सामाजिक सस्था तथा संघसंगठनका सदस्य २ हजार २ सय ४९ जना सदस्यहरुले पार्टी सदस्यता परित्याग गर्ने घोषणा गरेका हुन् ।

रुपन्देहीमा क्रियाशिल नेकपा सम्बद्ध भातृ संगठन तथा व्यवसायिक संस्थामा रहेका कार्यकर्ताहरुले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी जनभावनाअनुरुप पार्टी नचलेको, औचित्य विना प्रदेशको राजधानी सार्न खोजिएको, निर्वाचनको प्रतिवद्धता पुरा गर्न नसकेको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

रुपन्देहीका विभिन्न ३५ वटा संघसंस्थाका २ हजार २ सय ४९ जना नेकपाका कार्यकर्ताले सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE