एसको महासचिवमा भुसाल,रामकुमारी झाँक्रीसहित चार सचिव
७ अश्विन, काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको । एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो।
एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन हुनुभएको छ । पार्टीले चार जना उपाध्यक्ष बनाएको छ। राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्ष हुनुभएको छ।
उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन हुनुभएको छ। त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव हुनुभएको छ।
हामीले नाम टुंगो लगएका छौुं, महासचिव चयन भएका भुसालले भन्नुभयो, केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेका छौं।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE