कर्मचारीको मनोबल गिराउने काम सरकारबाट हुदैँन : मन्त्री पण्डित
करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था छैन् : पण्डित
सावाल सम्वाददाता
बाग्मती- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको तर्फबाट कर्मचारीको मनोबल गिराउने काम नहुने प्रतिबद्धता व्यकत गर्नुभएको छ । मंगलबार मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘मा बोल्दै मन्त्री पण्डितले सरकार उत्कृष्ट काम गर्ने कर्मचारीको पक्षमा रहेको बताँउदै सरकारले कुनै हालतमा मनोबल गिराउने काम नगर्ने बताउनु भएको हो ।
‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको पनि स्पष्ट पारे। उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यकताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको पनि बताउनुभयो
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE