Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ जारी

संसद विघटनविरुद्ध परेका रिटमा सुनुवाइ जारी

१३ जेठ, काठमाडौं– संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न इजलास सुरु भएको छ। प्रधानन्याधीश चोलेन्द्र शमशेरको एकल इजलासमा रिटहरु सुनुवाइ सुरु भएको हो ।
प्रधानन्यायाधीश शमशेरको बेञ्चमा संसद विघटनसँग सम्बन्धित १९ वटा रिट आजको इजलासमा रहेका छन् ।

१२ बजे इजलास बसेको रिटमा अहिले प्रधानन्याधीश जबराले अध्ययन गर्दैछन् । ५ जना बाहेक सबै कानून व्यवसायीहरूलाई बाहिर पठाइएको छ।

इजलासको पहिलो क्रममा वीरभद्र जोशीसहितले हालेको निवेदन रहेको छ। जोशीले इजलासमा बहसका क्रममा मध्यरातमा समय नदिइ संसद विघटन भएको बताएका छन्। उनले मार्गप्रस्स्त भनेको के हो ? राजीनामा कि के भन्ने स्पष्ट नभएकाले संसद पुनःस्थापना हुनुपर्ने भनेका छन् ।

त्यस्तै अधिवक्ता तुलसी पराजुलीले दायर गरेको रिटमा ७६(३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ७६(४) बमोजिम विश्वासको मत लिनु पर्नेमा विघटनमा जानु असंवैधानिक भएको बताएका छन् ।

अहिले अजय बुढाथोकीको रिटमा बहस जारी छ।

WRITE COMMENTS FOR THIS ARTICLE