Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

माओवादीबाट एमालेमा आएका नेताहरुलाई सम्मानजनक स्थान दिइन्छ : उपप्रधानमन्त्री पोखरेल

२७ फागुन
काठमाडौँ –
नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएकाहरुलाई सम्मानजनक स्थान दिने बताउनु भएको छ ।

प्रेस संगठन पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले अब एमालेको नेतृत्वमा वामपन्थी शक्तिहरु समेटिने बताउन् भयो ।

माओवादीबाट आएका साथीहरुलाई सम्मानका साथ जिम्मेवारी दिइन्छ’, पोखरेलले भन्नु भयो ।

उहाँले माओवादीसँग मिलेर सरकार ढाल्न लागेका पूर्व एमालकोे समूहलाई आत्मालोचना गर्ने मौका दिने बताउनु भयो । एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालप्रति संकेत गर्दै उहाँ यस्तो बताउनु भएको हो ।

उहाँले माधव नेपाल समूहलाई के भूमिका दिने भन्नेबारे केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताउनु भयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE