दाङमा जारी निषेधाज्ञा एक साता लम्बियो
दाङमा जारी निषेधाज्ञा एक साता लम्बियो
८ असार, काठमाडौं– दाङमा जारी निषेधाज्ञा एक साताका लागि लम्ब्याइको छ । जिल्ला प्रशासन कार्यालय दाङले जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै लम्ब्याइएको हो ।
यो सँगै दाङमा जारी निषेधाज्ञा असार १५ गतेसम्म लागू हुने भएको हो । हाल कायम रहेको निषेधाज्ञा आजदेखि सकिदैँछ ।
जिल्ला प्रशासनले भोली देखि लागू हुनेगरी लम्बिएको निषेधाज्ञामा बजार भने बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खोल्न पाउने व्यवस्था गरिएको छ । यस्तै सरकारी कार्यालय र बैंक पनि बिहान १० देखि दिउँसो ३ बजेसम्म खोल्न पाइने व्यवस्था गरेको जनाइएको छ ।
यद्यपि यो बीचमा चिया पसल, खाजा घर खोल्न नपाइने प्रशासनले जनाएको छ । तर होम डेलिभरीको सुविधा बिहान दश बजेदेखि दिउँसो ३ बजेसम्म गर्न पाउने व्यवस्था गरिएको जनाइएको छ ।
दाङमा वैशाख १७ गतेदेखि पटक–पटक थपिएको निषेधाज्ञा असार १५ गतेसम्म लम्ब्याइएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE