Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्यासिफिक समिटमा प्रधानमन्त्री ओली दम्पतीसहित १५ सय जोडीलाई चर्चकी प्रमुखले आशीर्वाद दिने

एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चाकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

कान्तिपुरलाई प्राप्त सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकको दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE