पछिल्लो २४ घण्टामा थप २,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
१५ असार, काठमाडौं – पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७ सय २८ र ४ हजार ४ सय ८९ एन्टिजेन परीक्षणमा ९ सय ८ गरी २ हजार ६ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार ११ हजार ६ सय ४० जनामा परीक्षण गर्दा २ हजार ४ सय ४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११ हजार ७ सय ४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४ सय ८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE