Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

१५ फागुन
काठमाडौं –
सुनसरीमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तरगत सुनसरीको इटहरी – १२ मा बीआर ०१ जीडी १४५८ नम्बरको ट्रकले साइकल यात्री मोरङको उर्लाबारी–१ का ४१ वर्षीय मनोज खनाललाई ठक्कर दिएको हो ।

शुक्रबार साँझ पौने ७ बजे ट्रकले ठक्कर दिएर गम्भीर घाइते भएका खनालको उपचारका क्रममा राति साढे ८ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE