Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

नेपाल पक्षविरुद्ध ओली आक्रामक

८ बैशाख, काठमाडौँ –  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा सदस्य छन्।

नेपाल पक्षका नेताले हालै कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेका थिए।  प्रतिनिधिसभा सदस्यतर्फ माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत छन् ।

यस्तै मुकुन्द न्यौपाने, यज्ञराज सुनुवार, रामकुमारी झाँक्री, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दीपकप्रकाश भट्ट, हीराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव र नीरादेवी जैरूलाई स्पष्टीकरण सोधिएको छ।

कर्णालीमा फ्लोर क्रस गरेका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीलाई पनि स्पष्टीकरण सोधिएको छ। नेपाल, रावल, पाण्डे र भुसालले कर्णालीमा फ्लोर क्रस गराउन निर्देशन दिएको स्पष्टीकरणपत्रमा उल्लेख छ।

‘तपाईंले कर्णाली प्रदेशसभामा प्रदेशसभाका सदस्यहरूलाई उचाल्दै भड्काउँदै अनुशासनहीन अराजक एवं पार्टी विरोधी क्रियाकलाप गर्न दुरुत्साहन गर्ने फ्लोर क्रस गरी पार्टीका ह्विप उल्लंघन गरी गर्दै मतदान गर्न निर्देशन दिनेजस्ता अनुशासनहीन र आपराधिक कार्यसमेत गरे÷गराएकोले तपाईंलाई यसरी पार्टी वा पार्टीको संसदीय दल परित्याग गरिए तापनि दल त्याग गरेको किन नभन्ने रु’, स्पष्टीकरणपत्रमा लेखिएको छ, ‘यसरी पार्टी तथा आफ्नो सरकारका विरुद्धमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको, घोषित रूपमा नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरी पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत् ढंगले प्रस्तुत गरी दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नुभएको हो ’  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE