Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

नेपालमा थप ४१८ जनामा कोरोना संक्रमण

श्रावन, १९

काठमाडौँ – पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नियमित मिडिया ब्रिफिङमा सोमबार मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताए । यो कूल संख्याको २७.६ प्रतिशत हो ।

यस्तै, हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । ७२.१ प्रतिशत संक्रमित निको भएको प्रवक्ता गौतमले बताउनुभयो ।

हालसम्म ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE