गुल्मीमा चट्याङ लागेर ९ जना घाइते
१४ आश्विन, रूपन्देही – गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीमा चट्याङ लागेर नौजना घाइते भएको बताईएको छ । बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिनुभयो । तीनजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । चट्याङ लागेर तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताउनुभयो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE