Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

नेपाल समूहले गठन गर्यो अखिल फोर्स

३१ असार, काठमाडौँ – वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिल फोर्स गठन गरेको छ । नेपाल पनकट अनेरास्ववीयूले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच अखिल फोर्स गठन गरेको हो।

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको अनेरास्ववियुका एक नेताले बताए । ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।

अखिल फोर्स देशभरका क्याम्पस तथा जिल्लाहरुमा गठन गरिने बताइएको छ। घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन।

WRITE COMMENTS FOR THIS ARTICLE