Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

गम्भीरतापूर्वक निर्वाचन तयारीमा लाग्नुस् : राष्ट्रपति

६ माघ
काठमाडौं –
राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्।

आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्। ‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य छ,’ उनले भनिन्, ‘प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट भएको तयारी सकारात्मक छ, निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास छ।’

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाबमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउने तर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन्। उनले सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराइन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE