जबरजस्ती करणीको आरोपमा ललितपुर र सुनसरीबाट दुईजना पक्राउ
जबरजस्ती करणीको आरोपमा ललितपुर र सुनसरीबाट दुईजना पक्राउ
१९ जेठ, काठमाडौं– ललितपुरबाट ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
गोदावरी नगरपालिका–३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता सुनसरीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका–३ सुनौलो टोल बस्ने ६७ वर्षीय भबिराज दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भबिराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले यी विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE