Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

प्रचण्ड–माधव देउवा निवासमा तीन नेताको बैठक शुरु

१२ फागुन 
काठमाडौं – नेकपाको एउटा धारको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्दैछन् ।

प्रचण्ड र नेपाल देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ जाँदैछन्। उनीहरूबीच दिउँसो छलफल हुने देउवानिकट एक नेताले बताउनु भयो ।

आज चितवनमा तय गरिएको कार्यक्रमका लागि हिजो चितवन पुगेका दाहाल र नेपाल सर्वोच्च अदालतको हिजैको फैसलापछि कार्यक्रम नगरेरै काठमाडौं फर्किएका हुन्।

नेकपाको अर्को धारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली भने आफू पक्षीय स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक बालुवाटारमा जारीरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE