Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

विपक्षी गठबन्धनको बैठकः सरकारका असंवैधानिक कदमको प्रतिवाद गर्ने निर्णय

विपक्षी गठबन्धनको बैठकः सरकारका असंवैधानिक कदमको प्रतिवाद गर्ने निर्णय

१६ जेठ, काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले कदमको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारले अध्यादेशमार्फत पूर्ण बजेट ल्याएर संविधान मिचेको भन्दै उक्त कदम पनि असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

देउवा निवासमा भएको उक्त बैठकमा कांग्रेसबाट सभापति देउवासहित नेताहरु रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ, साथै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहभागी रहेका थिए ।

साथै केही दिन अघिमात्र नेकपा एमालेबाट कारवाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल बैठकमा रहेका थिए ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि र संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ चलिरहेका बेला विपक्षी गठबन्धनको बैठक बसेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE