Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरकारी कार्यालयमा ७० प्रतिशत स्वदेशी उत्पादनको उपभोग गरौं : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा उपभोग हुने कुल वस्तुको ६० देखि ७० प्रतिशत स्वदेशी नै हुनुपर्ने सीमा तोकिनु पर्ने थापाले बताए ।

‘सरकारी कार्यालयमा कुल उपभोगको ६०९७० प्रतिशत स्वदेशी हुनै पर्ने गरी सीमा तोकौँ,’ थापाले भने, ‘देशमा सर्वसुलभ रूपमा उपलब्ध हुने वस्तु मात्रै हामीले प्रयोगमा ल्यायौँ भने हाम्रा ती उत्पादन मूलक उद्योगको क्षमता बढ्छ ।’

सरकारले उद्योग र उत्पादनको सुरक्षा नगर्दा उत्पादनमूलक उद्योगको संरक्षण हुन नसकेको पनि उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE