गायक प्रमोद खरेल दोस्रो पटक कोरोना संक्रमणमुक्त
१३ जेठ, काठमाडौँ – चर्चित गायक प्रमोद खरेल कोरोना संक्रमणमुक्त हुनुभएको छ । दोस्रो पटक कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्दै आउनुभएको खरेलले सोसल मिडिया फेसबुकमार्फत् कोरोनामुक्त भएको जानकारी गराउनुभएको हो ।
गायक खरेलले भन्नुभएको छ, ‘आठ महिनाको अन्तरमा दुई चोटी आक्रमण गर्यो कोरोनाले । पहिलो डोज भ्याक्सिन पनि लाएकै हो, तर पनि आएरै छोड्यो । र, आज आइसोलेशनबाट मुक्त भइयो ।’
गायक खरेलले आफ्नो उपचारमा सहयोग गर्नुहुने डा. सौरभ श्रेष्ठलाई धन्यबाद दिनुभएको छ । साथै, उहाँले आफ्नो साथीहरु मनिष, किरण केसी र बहिनी मञ्जुलाई पनि धन्यबाद दिनुभएको छ ।
साथै उहाँले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएपनि सचेत र सुरक्षित रहन सबैलाई आग्रह समेत गर्नुभएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE