Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

एमालेको स्थायी कमिटी बैठक शुरू

२५ साउन, काठमाडौँ – नेकपा एमाले ओली पक्षको स्थायी कमिटी बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको छ ।

स्थायी कमिटी बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालयमा सचिव एवं बागमती प्रदेशमा सह-इन्चार्ज शेरबहादुर तामाङले बताए ।

एमालेको आन्तरिक विवाद बढिरहेको सन्दर्भमा नेता माधव नेपाल पक्षले पार्टी गतिविधि रोकेर विवाद समाधानको प्रयास गर्न माग गरिरहेको छ ।

माधव नेपाल पक्षको कार्यदल सदस्यहरूको अनुरोधमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोका लागि बेलाएको बैठक आज सारेका थिए ।

तर, हिजो दिनभर पार्टीको आन्तरिक विवाद समाधान हुने कुनै निष्कर्ष आउन सकेन ।

WRITE COMMENTS FOR THIS ARTICLE