Date
शुक्र, अशोज १, २०७८
Fri, September 17, 2021

विष्णु माझीबारे प्रहरीको सोधखोज

२८ भदौ, स्याङ्जा –सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीद्वारा माइती पक्षसँग सोधखोज गरिएको छ ।  सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरिएकोहो ।

सोधिखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय मानवअधिकार आयोगद्वारा माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उहाँको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाइएको थियो ।

सोही पत्र प्रशासनले प्रहरीमा पठाएपछि बोगटी नेतृत्वको टोली माझीको अवस्थाबारे बुझ्न माइतीघर रहेको चापाकोट पुगेको हो । बोगटीले प्रहरी पत्रको आधारमा माइतीपक्षका आफन्तकहाँ बुझ्न पुग्नुभएता पनि आफूहरुले उहाँहरुलाई झिकाउने लगायतका प्रक्रियाका सन्दर्भमा भने कसैले लिखित उजुरी दिएको सन्दर्भमा मात्रै हुनसक्ने बताउनुभयो । पत्र आएपछि सोधखोज गर्नु सामान्य प्रक्रिया भएको पनि उहाँको भनाइ छ ।

पछिल्लो समय माझीले गाएको ‘चरी जेलैमा’ बोलको तीजको गीत चर्चामा आउँदै गर्दा विष्णु माझीको रहस्यमय जीवनशैलीबारे सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुँदै आएका छन् । यसअघि पनि विष्णु माझीबारे खोज बिहिन हुँदा माझी श्रीमान सुन्दरमणि अधिकारीसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पुगेर आफू राजीखुशीले सार्वजनिक नभएको बयान दिनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE