Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

जेठ १५ मा नै अध्यादेशमार्फत बजेट आउँछः प्रधानमन्त्री ओली

जेठ १५ मा नै अध्यादेशमार्फत बजेट आउँछः प्रधानमन्त्री ओली

९ जेठ, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८÷०७९ का लागि अध्यादेश मार्फत बजेट ल्याउने बताउनुभएको छ । पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले यही जेठ १५ गते नै बजेट आउने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘१५ गते बजेट स्वाभाविक रुपमा अध्यादेशबाट नै आउने हो’ । बजेटमा पुराना र यसअघि घोषणा गरिएका कार्यक्रमहरुलाई नै प्राथमिकता दिइने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले यस वर्षको बजेट विशेष गरी कोभिड केन्द्रित भएर आउने भएकाले ठूला आयोजनाको भने आकाङ्क्षा नराख्न भन्नुभएको थियो ।

यद्यपि पुराना कार्यक्रमलाई भने निरन्तरता दिइने उहाँको भनाइ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE