टुँडिखेलमा ७ बजेदेखी ११ बजेसम्म सातैजनाको सामूहिक श्रद्धाञ्जली हुने
काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम टुँडिखेलमा हुने भएको छ । विहिबार गर्ने भनिएको श्रद्धान्जली कार्यक्रम पोस्टमार्टम गर्दा समय अपुग भएपछि शुक्रबार विहान गरिने भएको हो ।
शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको छ। मन्त्री अधिकारीसहित सातैजनाको शवको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइसकेको छ ।
अन्तिम श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव पोखरा लगिने र राजकीय सम्मानका साथ अन्त्येष्टि उनको गृहजिल्ला कास्कीमा हुनेछ।ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एअरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE