Date
शुक्र, माघ २०, २०७९
Fri, February 3, 2023

भोजपुरमा विप्लव समूह-प्रहरीबीच भिडन्त, २ जनाको ज्यान गयो

काठमाडौँ – भोजपुरमा विप्लव समूह र प्रहरीबीच भिडन्त भएको छज्यान जानेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा प्रहरीतर्फ एक जवानको ज्यान गएको हो ।  मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था छैन ।’

बुधबारे हटियामा भिडन्त भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले जानकारी दिए । अहिले दुवैजनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE