Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

ओलीको रिट निवेदनमा आउला त आज अन्तरिम आदेश ?

५ आश्विन, काठमाडौँ – ​‘सर्वोच्च अदालतले सोमबार नै निर्णय सुनाउला र मंगलबार मन्त्रिपरिषद् विस्तार गरौँला भन्ने हाम्रो तयारी थियो’ देउवा सरकारमा सहभागी एक मन्त्रीले  भन्नुभयो,’ ‘तर, सोमबार मुद्दा हेर्दा हेर्दैमा गयो, अब आज जे निर्णय आउँछ, त्यसपछि भ्याएसम्म आजै वा भोलिसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ ।’

मन्त्रिपरिषद्मा पठाउने नामबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अझै केही समय चाहिएको गठबन्धनका नेताहरूलाई बताउनुभएको छ । नेपालको पार्टीले मंगलबारदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको छ । उता, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले भने अध्यादेश फिर्ता लिएपछि मात्रै सरकारमा जाने बताउँदै आएको छ ।

एकीकृत समाजवादी र जसपाले नाम दिन नसकेमा भने यो चरणमा काँग्रेस र माओवादीका मात्रै मन्त्री थप्ने र अरूलाई पछि समेट्नेबारे छलफल भइरहेको सत्ता गठबन्धनका एक नेताले जानकारी दिनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE